गुण्डू बृहत् खानेपानी समितिको नवनिर्वाचित समितिद्धारा सपथ ग्रहण, मेयर बासुदेव थापाद्धारा प्रमाणपत्र वितरण (तस्विरहरु)

गुन्डू: गुण्डू बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नवनिर्वाचित अध्यक्ष सरिता कुंवरसहित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले नवनिर्वाचीत सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो । नगर प्रमुख थापाले नगरपालिकाले नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउ लागिपरेको बताउनुभयो ।

नगरपालिकाका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी खुवाउनको लागि ८ करोड बजेट छु्टयाएर खानेपानी वितरणको काम अन्तिम चरणमा पुगेको समेत जानकारी गराउनुभयो । मेलम्चीको पानी आएसँगै खानेपानी वितरण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचत अधिकृत गोविन्द प्रसाद चौलागाइँले नवनिर्वाचती कार्यसमितिलाई सपथ ग्रहडा गराउनु भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पनि नवनिर्वाचीत कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।