
कटुञ्जे: सूर्यविनायक नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका उद्योग, पसल तथा ब्यवसायहरुको असोज १ गतेदेखि ढक, तराजु दर्ता नवीकरण शिवीर सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले एक बिज्ञप्ति जारी गर्नुहुँदै असोज १ गतेदेखि ४ गतेसम्म शिवीर सञ्चालन हुने जानकारी गराउनुभएको छ ।

असोज १ र २ गते ६ देखि १० वडाका लागि सूर्यविनायक चोकको लक्ष्मीबजारमा शिवीर आयोजना गरिनेछ । असोज ३ र ४ गते वडा नंं १ देखि ५ सम्मको लागि गाम्चा चोकमा शिवीर सञ्चालन हुनेछ ।
उपप्रमुख तथा बजार अनुगमन समितिको संयोजक सरिता भट्टराईले बजार अनुगमनमा जाँदा धेरै व्यवसायीहरुले ढक, तराजु नवीकरण नगरेको पाइएकाले जरिवाना लगाउन बाध्य भएको बताउनुहुँदै व्यवसायीहरुलाई सहज हुने गरि उद्योग वाणिज्य संघसँग समन्वय गरेर शिवीर संचालन गर्न लागेको जानकारी गराउनुभयो ।
गत बुधबार बसेको सूर्यविनायक नगरपालिकाको नगर बजार अनुगमन समितिको बैठकले हरेक महिनाको तीन पटक बजार अनुगमन गर्ने निर्णय समेत गरेको छ ।
