सूर्यविनायक नगरपालिकाद्धारा वडा नंं ९ मा पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख हस्तान्तरण

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले वडा नंं ९ मा पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई १ लाख रुपैयाँका दरले राहत सहयोग गरेको छ ।

शुक्रबार नगर प्रमुख बासुदेव थापाले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँको दरले प्रदान गर्नुभयो । नगरपालिकाले यसअघि पहिरोमा परि निधन भएका सूर्यबिनायक नगरपालिका वडा नंं ८ स्थित नैचालमै पुगेर मृतकका परिवारलाई आर्थिक सहयोग गरिसकेको छ ।

कार्यक्रममा नगर उप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीसहित जनप्रतिनिधिहरुको सहभागिता थियो ।