कटुञ्जे: सूर्यविनायक नगरपालिका र नगर स्तरीय बाल सञ्जालको आयोजनामा अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ‘बालिका आत्म रक्षा तथा क्षमता अभिवृद्धि’ विषयक कार्यक्रम सचालन गरेको छ ।
सामाजिक बिकास समिति संयोजक एवम ७ नं वडाध्यक्ष रबिन्द्र सापकोटाको सभापतित्वमा भएको कार्यक्रम नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता, उप प्रमुख एव स्थानिय बाल अधिकार समिति संयोजक सरिता तिम्सिना भट्टराईको विशेष आथित्यता र नगर बाल सञ्जालका अध्यक्ष सिम्रन सापकोटाको आथित्यतामा भएको थियो ।
कार्यक्रममा बिषय विज्ञको रुपमा सुस्सा पोखरेल र बाल अधिकारकर्मी पूर्णीमा कायस्थले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा १६५ जना बालिकाहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम नगर बाल संजालले सहजीकरण गरेको थियो ।