सूर्यविनायक नगरपालिकाद्धारा माल्दिभ्समा पदक विजेता बडीबिल्डिङ खेलाडी सनम मुलगुठीलाई नगदसहित सम्मान

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले १५ औं विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदक प्राप्त खेलाडीलाई सम्मान गरेको छ ।

बुधबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ महिला वान पिस स्विमसुटमा रजत विजेता सनम मुलगुठीलाई नगद ९९ हजारसहित सम्मान गरिएको हो । मुलगुठी सूर्यविनायक सूर्यविनायक नगरबासी समेत हुनुहुन्छ ।

नगर प्रमुख बासुदेव थापाले उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागितामा प्रोत्साहनस्वस्प मुलगुठीलाई सम्मान गर्नुभयो । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा नेपालबाट मुलगुठीसहित रुपेश शाही, प्रज्ज्वल शाक्य र रजनी शाक्यले दोस्रो स्थान हासिल गर्नु भएको थियो ।

सो अवसरमा नगर प्रमुख थापाले नेपाललाई विश्वसामू चिनाउन सफल भएकोमा बधाई ज्ञापन गर्नुहँदै नगरपालिकाले खेल क्षेत्र र खेडालीलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।