यूरो स्कुल भक्तपुरका विद्यार्थीहरु ‘चाईनीज एम्बेस्डर स्कलरसीप अवार्ड’ बाट पुरस्कृत

भक्तपुर: यूरो स्कुल भक्तपुरका विद्यार्थीहरु चाईनीज एम्बेस्डर स्कलरसीप अवार्ड २०२४ बाट पुरस्कृत भएका छन् । मंगलबार काठमाडौंको होटल याक एण्ड यतिमा भएको कार्यक्रममा कक्षा ४ मा अध्ययनत हृदयन खड्का, कक्षा ५ मा अध्ययनरत समृद्धी के.सी र कक्षा ४ मा अध्ययनत ईशा काफ्ले चाईनीज एम्बेस्डर स्कलरसीप अवार्ड २०२४ बाट पुरस्कृत भएका हुन् ।

चाईनीज स्पीच कन्टेस्टमा दोस्रो स्थान हासील गरेका हृदयन खड्काले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै, एम्बेसडर कप चाईनीज ल्याङ्वेज स्पीच कन्टेस्टमा उत्कृष्ठ पुरस्कार प्राप्त गरेको यूरो स्कुल भक्तपुरका संस्थापक अध्यक्ष नवराज काफ्लेले जानकारी दिनु भयो ।

यस्तै पेन्टिङ विधा तर्फ सार्थक गीरिले उत्कृष्ठ पुरस्कार प्राप्त गरेका छन् । सास्कृतीक प्रतिभा प्रतियोगितामा कक्षा ४ मा अध्ययनरत ईशा काफ्लेले गायनतर्फ उत्कृष्ठ बन्दै नगद ५० हजार रुपैंया प्राप्त गरेकी छिन् । त्यस्तै, समृद्धी केसीले ५० हजार रुपैयाँ नगद् पुरस्कार प्राप्त गरेकी छिन् ।

कक्षा ४ मा अध्ययनरत सम्भाभिश्री ओलीले गायन, कक्षा ५ मा अध्ययनरत समृद्धी केसीले गितार, कक्षा ४ मा अध्ययनरत हृदयन खड्काले किबोर्ड तथा कक्षा ५ मा अध्ययनरत यानिक श्रेष्ठले क्याजोन तर्फ उत्कृष्ठ पुरस्कार प्राप्त गरेका छन् ।

स्कुलले चीनीया भाषा पठाएको दुई वर्ष पूरा नहुँदै उत्कृष्ठ नतिजा हासिल गरेको छ । स्कुल हाल कक्षा ६ सम्म संचालन हुँदै आएको र प्रत्येक वर्ष एक कक्षा थप गर्दै १२ कक्षा सम्म पुर्याउने संस्थापक प्रिन्सिपल सम्झना गिरीले जानकारी दिनुभयो ।