भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालीकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिदैं अगाडि बढेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका राष्ट्रिय बी चेस प्रतियोगिता २०८१ मंगलबार उद्घाटन गर्नुहुँदै नगर प्रमुख थापाले सो कुरा बताउनु भएको हो ।
नगरपालिकाले पछिल्लो सात वर्षमा पूर्वाधारको क्षेत्रमा धेरै ठूलो फड्को मारेको बताउनुहुँदै आफूले दोसो कार्यकालमा शिक्षा, स्वास्थ्य क्षेत्रसँगै मानवीय विकासमा लागिपरेको स्पष्ट पार्नुभयो । खेलले हरेक ब्यक्तीलाई शारीरीक र मानसिकका साथै अनुशासीत समेत बनाउने मेयर थापाले बताउनुभयो ।
नगरपालिकाले खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको निर्माण गर्नेदेखि खेलाडीलाई प्रोत्साहन गर्दै आएको स्पष्ट पार्नुभयो ।