नंखेल: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिरहेको बताउनु भएको छ ।
बुधबार वडा नंं ९ मा अवस्थित सहश्रेश्वर महादेव मन्दिर संरक्षण तथा बिकास समितिको दोस्रो वार्षिक उत्सव, मन्दिर जाने बाटो उद्घाटन र पाटी (फल्चा) शिलान्यास गर्नुहुँदै नगर प्रमुख थापाले सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि शिव सर्किटहरुको प्रबद्र्धन गर्ने काम भइरहेको पनि बताउनुभयो ।
सूर्यविनायक मठ मन्दिरको क्षेत्र भएकाले पर्यटकहरु भित्राएर आर्य आर्जनको स्रोत बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मन्दिरको लागि स्थानीय सरकारले खेल्नुपर्ने भूमिका खेल्न कुनै कञ्जुस्याई नगर्ने पनि बताउनुभयो ।
कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री पनि सहभागि हुनुहुन्थ्यो ।