सूर्यविनायक नगरपालिकाद्धारा अपाङ्गता दिवसको अवसरमा ‘अटिजम लक्षण, पहिचान तथा सचेतना’ सम्बन्धी कार्यक्रम सम्पन्न

भक्तपुर : सूर्यविनायक नगरपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा ३३ औं अन्तर्राष्ट्रिय विश्व अपाङ्गता दिवस-२०८१ को अवसरमा ‘समावेश तथा दिगो भविष्यको पुर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व’ यसको आधार’ भन्ने मुल नाराका साथ अटिजम लक्षण पहिचान सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सूर्यविनायक नगर उपप्रमुख एंव अपाङ्गता समन्वय समिति संयोजक सरिता तिमसिना भट्टराईले उद्घाटन सत्रमा बताउनुहुँदै अटिज्म रोग नभई अवस्था भएको बताउनुभयो ।

‘यो जुसुकैलाई पनि हुन सक्छ त्यसैले सकारात्मकताका साथ अभिवावक शिक्षक, समाज र राष्ट्रले यसका लक्षणका अवस्थाहरु बुझेर, सम्झेर, स्वीकारेर सहज परिस्थिति बनाई सवै साथ साथ चल्न सक्ने बन्नु र बनाउनुपर्छ’, उपप्रमुख भट्टराईले भन्नुभयो ।

नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका इसिडी बाल विकास कक्षाका शिक्षीका तथा मन्टेश्वरी संचालन गरेका शिक्षीका दैनिक बालबालीका सँग लामो समय बिताउने भएकाले बालबालीकामा देखिने अटिजमका लक्षणहरुको पहिचान कक्षामा शिक्षक मार्फत गर्न सकिने बताउनुहँदै त्यसका लागि नगरपालिकाले कार्यक्रम संचालन गरेको स्पष्ट पार्नुभयो । उपप्रमुख भट्टराईले सूर्यविनायक नगरपालिकावाट नगरवासीको लागि रगत निशुल्क दिने गरेको जानकारी राम्रो संग गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, उपसचिव रत्न बहादुर कटुवाल, कार्यालयपालिका सदस्य तारा सापकोटा र विभिन्न विषय शाखा प्रमुख कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रम ४ वटा सत्र संचालन भएको थियो । कार्यक्रममा बाल विकास विज्ञ डा.अनिल राज ओझाले अटिजम बुझ्ने बारेमा, डा. समिद कुमार कतिलाले अटिजम पहिचान गर्ने तरिका, डा.निलम लामा दाहालले प्रभावकारी संचारको सिपहरु र मनोविज्ञ, आरती श्रेष्ठले बालबालिकाहरुको भावना र आनीबानी व्यवहारको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नगर क्षेत्र भित्र रहेको सामुदायिक पुर्व प्राथमिक (बाल विकास) र संस्थागत मन्टेश्वरीका शिक्षिकाहरु ७० जनाको सहभागीता रहेको थियो ।