सूर्यविनायक नगरपालिकालाई सफलतापूर्वक हाँक्न सफल मेयर बासुदेव थापा: हालसम्मका सबै निर्णयहरु सर्वसम्मत, भवन निर्माण अन्तिम चरणमा, मेलम्चीको खानेपानी माघ १५ गतेभित्र वितरण गरिसक्ने

देशमा राज्य पुनर्सरचना पछि बनेको अधिकार सम्पन्न बलियो स्थानीय तहको पहिलो पटक भएको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट बासुदेव थापा निर्वाचीत हुनुभयो ।

पहिलो पटक निर्वाचीत हुनु भएपछि नगर प्रमुख थापाको नेतृत्वमा पहिलो कार्यकालमा सूर्यविनायक नगरपालिकामा बलियो जग बसाल्ने कार्य भयो ।

विशेष गरि निर्वाचीत भएपछि सबैको साझा ब्यक्तीत्वको रुपमा आफ्ना काम कारवाहीलाई अगाड बढाउनु भएको मेयर थापाले पहिलो कार्यकालको पाँच वर्षमा भौतीक पूर्वाधारमा ठूलो फड्कै मार्न सफल हुनुभयो ।

दोस्रो पटक २०७९ सालमा भएको निर्वाचनमा पनि मेयर थापाले पहिलो कार्यकालमा गर्नु भएको राम्रा कामकै कारण सबैको रोजाईमा पर्नुभयो र पुनः विजयी हुनुभयो । दोस्रो कार्यकालमा निर्वाचीत भएपछि यसअघिका अधुरा योजना पूरा गर्दै नमूना र उदाहरणीय कार्य गर्दै अगाडि बढिरहनु भएको छ ।

शिक्षा क्षेत्रमा पहिलो पटक सामुदायिक विद्यालयका प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरि सबैलाई पाठ सिकाउनु भयो । नगरपालिकाले शूरु गरेको सो कार्यको देशका सबै स्थानीय तहमा लागू भयो ।

नगर प्रमुख थापा उपत्यका मेयर्स फोरमको उपाध्यक्ष पनि हुनुहन्छ । फोरमबाट समेत संस्थागत निर्णय भएपछि नेपाल सरकारले नै नीति तथा कार्यक्रममा नै समावेश गरेर देशैभर खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्त गर्ने कार्यको थालनी गरियो ।

नगर प्रमुख थापा दोस्रो कार्यकालमा निर्वाचीत हुनु भएको २ वर्ष ७ महिना भएको छ । यस अवधिमा नगर प्रमुख थापाको नेतृत्वमा थुप्रै काम भएका छन् । नगर प्रमुख थापाले पछिल्लो समय शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर अगाडि बढिरहनु भएको छ।

आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचको लागि बिशेषज्ञ सुविधा सहितको नगर अस्पतालको सेवा शूरुवात गरिएको छ । नगर अस्पतालमा अपरेशन थ्रिएटर संचालनको लागि आवश्यक पूर्वाधार र सर्जीकल सामाग्रीको ब्यवस्थापन भइसकेकाले छिट्टै अपरेशन सेवा शूरु गर्न लागिएको नगर प्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाले वडा नंं १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि बृहत्त खानेपानी आयोजना अगाडि बढाइरहेको छ । हाल सो आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी माघ १५ भित्र मेलम्चीको खानेपानी वितरण गर्ने कार्य अगाडि बढाइरहेको नगर प्रमुख थापाले बताउनुभयो ।

त्यस्तै, नगरपालिकाको भवन निर्माण पनि अन्तिम चरणमा पुगेको र माघदेखि आफ्नै भवनबाट कार्यालय संचालनको तयारी भइरहेको छ । ‘दिगो विकास, ब्यवस्थित सहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नगरको दिर्घकालीन सोच हासिल गर्न नगरपालिक अगाडि बढिरहेको छ ।

नगर प्रमुख थापाले नगरपालिकामा नेतृत्व गर्नु भएको सात वर्ष पूरा भइसकेको छ । थापाको नेतृत्वमा अहिलेसम्म नगर सभाको सत्रौ अधिवेशन सम्पन्न भएको छ । यो अवधिसम्म आइपुग्दा अहिलेसम्मका सबै अधिवेशनदेखि हरेक निर्णयहरु सर्वसम्मत रुपमा पारित हुँदै आएको छ ।

नगर प्रमुख थापा एमालेबाट निर्वाचित भएर आएपनि जनप्रतिनिधिका रूपमा काम गर्दै नगरबासीको साझा नेतृत्व गरिरहनु भएको छ । ‘राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्र्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै निस्पक्ष ढंगले निर्णय गर्दै आउनु भएको मेयर थापा सिंगो जनप्रतिनिधि एकढिक्का भई अगाडि बढेकै नगरपालिकालाई सफलतापूर्वक हाँक्न सफल हुनु भएको हो ।