बालकोट: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नयाँ पुस्तालाई कला, संस्कृति र परम्परागत बाजागाजा सम्बन्धी सीप हस्तान्तरणा गर्दै लग्नुपर्नेमा जोड दिनु भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नंं २ बालकोटको खल्पिटार युवा समाजको आयोजनामा भएको ९ महिने बासुरी प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थापाले परापूर्व कालदेखि चल्दै आएका कला र संस्कृतिको जर्गेना गर्दै लग्नुपर्नेमा जोड दिनु भएको हो ।
नगर प्रमुख थापाले कला, धर्म संस्कृति र रितिरीवाजलाई संरक्षण गर्ने उद्देश्यले बासुरी प्रशिक्षण संचालन गरेकोमा आयोजकप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो । उहाँले नगरपालिकाले ९ वटै वडाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक मठ मन्दिर, सम्पदाको संरक्षणा गर्ने कार्य गरिरहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, वडा नंं ३ का वडाध्यक्ष दिपेन्द्र केसीलगायत जनप्रतिनिधिहरुको पनि सहभागिता थियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष प्रेम जगुल श्रेष्ठको सभापतीत्वमा सम्पन्न भएको थियो ।
बासुरी प्रशिक्षण ज्ञानकुमार जगुल श्रेष्ठको नेतृत्वमा २४ जना प्रशिक्षार्थीहरुलाई दिइएको थियो ।