सूर्यविनायक नगरपालिकाको नयाँ भवन उद्घाटनको तयारी तीब्र, फागुनदेखि सेवा प्रवाह हुने

कटुञ्जे: सूर्यविनायक नगरपालिकाको सुविधासम्पन्न नयाँ प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा नगर प्रमुख बासुदेव थापा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, १० वटै वडाका वडाध्यक्ष तथा प्राविधिकसहितको टोलीले भवनको पछिल्लो अवस्थाको बारेमा बुधबार निरीक्षण गर्नु भएको छ ।

निरीक्षणको क्रममा निर्माण ब्यवसायीको तर्फबाट यही १३ माघसम्म निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई चाँबी बुझाउने प्रतिबद्धता जनाइएको छ ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले भवनको यही १५ देखि २० गतेभित्र उद्घाटन गरिसक्ने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समय मिल्नासाथ उद्घाटनको मिती तय गरिने पनि प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो ।