सूर्यविनायक नगरपालिकाको नयाँ भवन तयार, सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने (फोटोफिचर)

कटुञ्जे: सूर्यविनायक नगरपालिकाको सुविधा सम्पन्न नयाँ प्रशासकीय भवन तयार भएको छ । नवनिर्मित भवन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

नगर प्रमुख बासुदेव थापाले चार कोठे भवन जगातीबाट सेवा शूरु गरेको नगरपालिकाको सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको र नयाँ भवनबाट सेवा प्रवाह सहज रुपमा हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । सुविधासम्पन्न नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको छ ।

नवनिर्मित भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको छ । नयाँ भवन २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बराबर रकममा निर्माण गरिएको हो । भवन पूर्णरुपमा अपाङ्गमैत्री समेत रहेको छ । भवन उद्घाटन भएसँगै कार्यालयबाटै सेवा प्रवाह हुनेछ ।

हेर्नुहोस् तस्विरहरु:-