
दधिकोट : सूर्यविनायक नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गरिएको छ । मंगलबार अरनिको माध्यमिक विद्यालय दधिकोटमा आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाकी उपप्रमख सरिता तिमसिना भट्टराईको प्रमुख आतिथ्यता, नगर प्रवक्ता रविन्द्र सापकोटा र वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेको सहभागितामा स्वास्थ्यकर्मीहरुलाई खोप किट हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरिएको हो ।

नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाले लक्षित वर्गका सबै किशोरीहरुलाई अनीवार्य रुपमा खोप लिन आग्रह गर्नुभएको छ ।

सो अवसरमा नगर उप्रमुख भट्टराईले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप अभियानमा लक्षित समूह कसैलाई पनि छुटाउन नहुने बताउनुभयो । कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप लगाउन आग्रह गर्नुहुँदै समेत गर्नुभयो ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिकाभर ४ हजार १६२ जना किशोरीलाई खोप लगाइने लक्ष्य राखिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका ३ हजार ८३४ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ३२८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

खोप अभियानलाई सफल बनाउन नगरका ६५ वटा विद्यालय र विद्यालय बाहिर ११ वटा खोप केन्द्र तोकि खोप संचालन गरिएको छ भने खोप केन्द्रमा ७१ जना नै स्वास्थ्यकर्मी र १ सय ४२ जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बसन्त चाँपागाईले जानकारी गराउनुभयो ।

वडा नं. ४ का वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लछुराम न्यौपानको सभापतीत्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा कार्यापालिका सदस्य तारा सापकोटा, विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठ र दधिकोट बृहत्त खानेपानी तथा सरसफाई समितिका अध्यक्ष कृष्ण खडका लगायत पनि सहभागि हुनुहुन्थ्यो ।

आजबाट शूरु भएको खोप अभियान फागुन ६ गतेसम्म देशैभर सञ्चालन संचालन हुनेछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई लगाइएको हो ।






