
भक्तपुर । यूरो स्कुल भक्तपुरले लिट्रेचर फेस्टिबल मनाएको छ । विद्यार्थीहरुलाई नेपाली तथा अंग्रेजी साहित्यमा प्रोत्साहन दिनका लागि लिट्रेचर फेस्टिबल मनाईएको यूरो स्कुल भक्तपुरका संस्थापक अध्यक्ष नवराज काफ्लेले जानकारी दिनु भयो ।

डा.सीता सुवेदी पन्थीको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा मनाईएको फेस्टिबलमा विद्यार्थीहरुले आफैले रचना गरेको कथा तथा कबिता बाचन गरेका थिए ।

यो वर्षबाट मनाउन सुरु गरिएको लिट्रेचर फेस्टिबलले आगामी वर्षमा पनि निरन्तरता पाउने यूरो स्कुल भक्तपुरकी संस्थापक प्रिन्सीपल संझना गिरीले जानकारी दिनु भयो ।

विद्यार्थीहरुमा साहित्य अभिरुचीमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयका संस्थापक अध्यक्ष काफ्लेले विश्वास व्यक्त गर्नु भयो

