
कटुञ्जे: सूर्यविनायक नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको हो ।
देशैभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप लगाइएको थियो । अभियानमा जम्मा ४ हजार ६ जनालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाइले जानकारी दिनुभयो ।