सूर्यविनायकमा ‘जेष्ठ नागरिक बालबालिका र युवाबीच पुस्तान्तरण’ कार्यक्रम, नयाँ पुस्तालाई ज्ञान, सीप र अनुभव हस्तान्तरणमा सहयोग पुग्ने विश्वास

कटुञ्जे: सूर्यविनायक नगरपालिकाको आयोजनामा १० वटा वडाहरुमा जेष्ठ नागरिक बालबालिका युवा सँग पुस्तान्तरण कार्यक्रम संचालन भएको छ ।

वडा नं १ सिरुटारबाट शुभारम्भ गर्नुहँदै कार्यक्रममा प्रमुख अतिथि एंव उपप्रमुख सरिता तिमसिना भट्टराईले ज्ञान, सीप र अनुभवको हस्तान्तरण गरि जेष्ठ नागरिकहरूले आफ्नो जीवनभर संकलन गरेका अनुभव, परम्परागत ज्ञान, सांस्कृतिक मूल्यहरू, तथा सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

उपप्रमुख भट्टराईले पुस्ताबीचको सम्बन्ध सुदृढ पार्ने र युवा पुस्ता र जेष्ठ नागरिकबीच आत्मीयता, आपसी समझदारी र पारिवारिक एकता बढाउने, संस्कृति र परम्पराको संरक्षणमा जेष्ठ नागरिकले जीवनभर संकलन गरेका लोकसंस्कृति, भाषा, चालचलन, तथा मौलिक परम्परालाई नयाँ पुस्तामा प्रवाह गराउने, मनोवैज्ञानिक सन्तुलन र आत्मसम्मान सहित जेष्ठ नागरिकलाई समाजमा अझ सम्मानित महसुस गराउने पनि बताउनुभयो ।

त्यस्तै, उनीहरुको आत्मसम्मान बढाउने र एक्लोपन तथा निराशालाई कम गर्ने, सामाजिक उत्तरदायित्वको प्रवर्द्धनमा युवालाई समाजप्रति जिम्मेवार बनाउन प्रेरित गर्ने, वृद्धवृद्धाप्रति सम्मानजनक व्यवहार गर्न सिकाउने, पुस्तान्तरणलाई संस्थागत बनाउने र जेष्ठ नागरिकबाट सिकाइएका अनुभव र सीपलाई व्यवस्थित ढंगले संकलन, संरक्षण, र प्रचार गर्ने गरि यो कार्यक्रमले पुस्ताहरूबीचको ज्ञान र अनुभवको बहसलाई प्रवाहित गरी समाजलाई समृद्ध बनाउन मद्दत पुर्याउने लक्ष्य सहित कार्यक्रम संचालन गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो ।

उक्त कार्यक्रममा वडाको जेष्ठ नागरिक समन्वय समिति, वडा बाल समुहहरु, वडा युवा क्लबहरु, विद्यार्थीहरु सहितको उल्लेख्य सहभागीतामा संचालन भएको कार्यक्रम २ चरणमा भएको थियो ।

पहिलो चरणमा अध्यात्मिक चिन्तक गुरु चञ्चन घिमिरेले प्रशिक्षण दिनुहुँदै सकारात्मक सोचको विचार, तीन पुस्ताको अन्तरघुलन,समस्या समाधानका उपायहरु, सद्धमार्ग विषयमा खेल गित कथा कविताको माध्यमबाट संचालन गरि दोस्रो चरणमा तीन पुस्ताहरु विच अन्तर संवाद अनुभव सिकाइ भोगाई गराई आदान प्रदान गरि अन्तक्रिर्याको मध्यबाट संचालन भएको लैङ्गिक विकास तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले जानकारी दिनु भयो ।

कार्यक्रमका सभाध्यक्ष वडा अध्यक्ष सानुकाजी कायस्थले अहिले तीन पुस्ता बिच भईरहेको दुरिलाई नजिक बनाई, अन्तरसंवाद मार्फत तीन पुस्ताविच सिकाई अनुभव आदानप्रदान गरि समाजलाई तिनपुस्ता मैत्री नै निर्माण गर्न र यस कार्यक्रमले बोकेको लक्ष्य उद्देश्यहरु पूरा गर्न सार्थक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नगरपालिका र जनप्रतिनिधि सधैं दुस्ख सुखमा रहेको कुरा बताउदै कार्यक्रम समापन गर्नु भएको थियो ।

कार्यक्रममा संयोजक एंव लैङ्गिक विकास तथा सामाजिक समावेशीकरण शाखाका कर्मचारी सर्मिला दाहालले जनप्रतिनिधिहरु कुमार चोैलागाई, कल्पना नेपाली, जेष्ठनागरिक समन्वय समिति वडा अध्यक्ष बाबुशरण श्रेष्ठ लगायत ७५ जनाको उपस्थितिमा संचालन भएको जानकारी दिनु भयो ।