
कटुञ्ञे: सूर्यविनायक नगरपालिका वडा नंं ५ र ६ को सिमानामा पर्ने घलाँतेमा फल्चा (पाटी) पुननिर्माण कार्यको लागि शिलान्यास गरिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले फल्चा निर्माण कार्यको शिलान्यास गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले मठ मन्दिर, पाटीका साथै कला संस्कृतिका्े जर्गेना तथा सम्पदाहरुको संरक्षण, सम्बद्र्धन तथा पुननिर्माण गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो ।

विशेष गरि नेवार समुदायको बसोबास हुने क्षेत्रमा फल्चा निर्माण गर्ने र पुननिर्माण गर्ने कार्य पनि भइरहेको बताउनुभयो ।

मेयर थापाले नगरपालिकाको कार्यपालिका बैठकबाट फल्चा पुननिर्माणको लागि १० लाख बजेट छुट्याइएको जानकारी गराउनुहुँदै थप १० लाख बजेट उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ५ र ६ का वडाध्यक्ष राजकुमार जोशी र ईश्वर खडकाले वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा स्थानीय राजनकाजी त्वातीले नगरपालिका र विशेष गरि नगर प्रमुख बासुदेव थापाले टोलबासीलाई मात्र नभई समग्र नगरपालिकालाई नै उदाहरणीय र नमूना बनाउन लागिपर्नु भएकोमा खुसी ब्यक्त गदैै बजेट ब्यवस्थापन गरि सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापालाई स्थानीले बाजागाजासहित भब्य स्वागत समेत गरेका थिए ।










