सूर्यविनायक नगरपालिकाद्धारा ११५ औंं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना

कटुञ्जे । सूर्यविनायक नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित बक्तृत्वकला प्रतियोगिताको उद्घाटन नगर प्रमुख बासुदेव थापाले गर्नुभयो । १० वटै वडाबाट सहभागि गराइएको प्रतियोगितामा १७ जना महिलाहरुले भाग लिनु भएको थियो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले महिलाहरुको हक हित अधिकार तथा क्षमता विकासमा तालिम, गोष्ठीलगायतका विभिन्न रचनात्मक कार्यमा जोड दिदैं आएको बताउनुभयो ।

नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरपालिकाले महिलाहरुलाई खुलेर बोल्ने बानीको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल र नगर प्रवक्ता रविन्द्र सापकोटाले जीत हारभन्दा पनि प्रतियोेगितामा भाग लिनु नै ठूलो कुरा बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य सविता मिश्रले स्वागत गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरु शर्मीला बस्नेत लम्साल, हेम खतिवडा दाहाललगायत सहभागि हुनुहुन्थ्यो ।