
कटुञ्जे: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु बीच नगरपाकिाको कार्यकक्षमा भेट भएको छ । शुक्रबार सूर्यविनायकका नगर प्रमुख थापा र धुलिखेलका मेयर ब्याञ्जुबीच भेटघाट भएको हो ।

धुलिखेलका मेयर ब्याञ्जु सूर्यविनायकका नगर प्रमुख थापालाई भेट्न कटुञ्जेस्थित कार्यकालयमा आउनु भएको थियो । भेटमा आपसी सहकार्य, समन्वयका साथै एक आपसमा अनुभव साँटासाँट गरिएको थियो ।

सो अवसरमा सूर्यविनायका मेयर थापाले धुलिखेलका मेयर ब्याञ्जुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।