सूर्यविनायकमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सीप विकास तालिम शूरु, उपप्रमुख भट्टराईद्धारा उद्घाटन

कटुञ्जे: प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तालिम तथा जीवनोपयोगी सीप तालिम शूरु भएको छ ।

सूर्यविनायक नगरपालिकाको आयोजना र जीवन शान्ति इन्जिनियरिङ कन्सल्टेन्सी प्रा. लि., महालक्ष्मी, ललितपुरको सहयोगमा संचालन भएको तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर उपप्रमुख भट्टराईले नगरपालिकाले भौतीक पूर्वाधार सँगसँगै मानवीय विकासमा जोड दिर्दै आएको बताउनुभयो । जतिसुकै पूर्वाधारको काम गरे पनि मानवीय क्षेत्रमा काम नगरिएसम्म जनतामा सचेतना र जागरण नआउने भएकाले नगरपालिकाले यस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिदैं आएको बताउनुभयो ।

नगरपालिकाले सीपमूलक तालिम प्रदान गर्दै उद्यमी बन्न प्रेरित गरिरहेको उहाँको भनाई छ ।

सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पनन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाल लुइटेल र कार्यपालिका सदस्य कमला पोखरेललगायतले पनि तालिमलाई उपयोग गरि उद्यमी बन्न आग्रह गर्नु भएको थियो ।

‘रोजगारको अवसर बढाउन सीप सिकौँ, उज्जवल भविष्य निर्माण गरौँ’ भन्ने मूल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृतहरु मध्येबाट सीपमुलक तालिम मार्फत दक्ष बनाई स्वरोजगार बनाउने उद्देश्यले ५० दिने इलेक्ट्रिक रिपेयरिङ र प्लम्बिङ तालिम संचालन गरिएको हो ।