
सूर्यविनायक: सूर्यविनायक नगरपालिका वडा नंं ६ र ८ को सिमामा पर्ने सूर्यविनायक चोकदेखि सडकपेटी (फुटपात) निर्माण कार्य शूरु भएको छ । सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले शुक्रबार एक कार्यक्रमकाबीच पुजाआज गरि सडकपेटी निर्माण कार्यको शिलान्यास गर्नु भयो ।

सो अवसरमा नगर प्रमुख थापाले सडकपेटी निर्माण हुँदा बाटो हिड्ने सर्वसाधारणलाई आवतजावतमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

मेयर थापाले नगरपालिकाले नगरबासीको माग अनुसार पूर्वाधारमा फड्को मार्न सफल भएको बताउनुहुँदै आगामी बाँकि कार्यकालमा पनि सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, ८ का वडाध्यक्ष पुष्पराज बस्नेतसहित वडाका जनप्रतिनिधि र स्थानीय बासीको सहभागिता रहेको थियो ।

