सूर्यविनायक नगरपालिकामा डिजीटल माध्यमबाट घर तथा सडकको विवरण संकलन गर्ने कार्य शूरु

कटुञ्जे : सूर्यविनायक नगरपालिकाले डिजिटल माध्यमबाट (मेट्रिक घर नम्बर प्रणाली) घरको विवरण तथा सडक लगायतको विवरण संकलन गर्ने कामको सुरुवात गरेको छ । ड्रोनवाट वडाहरुको डिजिटल म्यापिङ गर्ने कार्य भइसकेको छ ।

घर घरमा तथ्यांक संकलनका लागि नगरपालिकावाट खटाईएका प्राविधिकहरुलाई आफ्नो विवरण दिई सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

किन घर नम्वर आवश्यक छ त ?

घर नम्बर गर्दा व्यक्तिगत, सामाजिक र प्रशासनिक कार्यमा सहजता हुन्छ ।

१ ठेगाना पहिचानमा सहजता : घर नम्बरको कारण कुन घर कहाँ छ भन्ने कुरालाई सजिलै पत्ता लगाउन सकिन्छ। पाहुना, डेलिभरी सेवा, वा कुनै पनि आगन्तुकलाई मार्गदर्शन गर्न सजिलो हुन्छ।

२. आपतकालीन सेवाको पहुँच : एम्बुलेन्स, दमकल, प्रहरी आदि सेवाहरू आपतकालीन अवस्थामा तुरुन्तै ठेगाना पत्ता लगाएर सहयोग गर्न सक्छन्।

३ सेवा–सुविधा वितरणमा सहुलियत: पानी, बिजुली, इन्टरनेट, तथा अन्य सरकारी सेवा घर नम्बरको आधारमा व्यवस्थित रूपमा उपलब्ध गराउन सकिन्छ।

४ कर संकलन र प्रशासनिक नियमन : घर नम्बरको आधारमा सम्पत्ति कर, घर बहाल करजस्ता करहरू सही तरिकाले निर्धारण र संकलन गर्न सकिन्छ।

५ डाक सेवा र पार्सल घरमै सेवा पुर्‍याउन : पत्र, पार्सल वा अन्य कुराहरू सजिलैसँग घरमै पुर्‍याउन सकिन्छ—डाक वा कुरियर सेवाले घर खोज्न सजिलो हुन्छ।

६ जनगणना र योजना निर्माणमा सहयोग : जनसंख्या गणना, सामाजिक र भौतिक विकास योजनाहरू बनाउँदा घर नम्बर प्रयोग गरेर यस क्षेत्रको वास्तविक विवरण प्राप्त गर्न सकिन्छ।

७ कानुनी तथा सरकारी कामकाजमा प्रमाणिकता : कुनै कानुनी प्रक्रिया, निवेदन वा सरकारी फर्म भर्दा आधिकारिक र प्रमाणित ठेगाना दिनुपर्ने हुन्छ—जसमा घर नम्बर अत्यन्त उपयोगी हुन्छ।