सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा भुवनेश्वरी विद्यालयको ६४ औं वार्षिकोत्सवको उद्घाटन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नुपर्नेमा जोड

नंखेल : भुवनेश्वरी माध्यमिक विद्यालयले आफ्नो ६४औ वार्षिकोत्सव मनाएको छ । वडा नंं ९ मा अवस्थित विद्यालयको बुधबार एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख थापाले पुरस्कार तथा छात्रवृत्ति वितरण र शिक्षकहरुलाई सम्मान तथा सेवानिबृत्त शिक्षकहरुलाई बिदाई समेत गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि थापाले नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विभिन्न खालका रचनात्मक गतिविधि संचालन गरिरहेको बताउनुभयो ।

नगर प्रमुख थापाले नगरपालिका शिक्षा, स्वास्थ्य र मानवीय विकासमा लागिपरेको बताउनुभयो ।

नगरभित्रका सामुदायिक विद्यालयहरु निजी भन्दा कम हुन नहुनेमा जोड दिनुहुँदै त्यसका लागि शिक्षक र अभिभावक सबैको उत्तीकै जिम्मेवारी रहने बताउनुभयो ।

कार्यक्रममा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीलगायतले नगरपालिकाले शैक्षीक क्षेत्रमा गरेको प्रगतिका बारेमा बोल्नु भएको थियो ।