
चित्रपुर: सूर्यविनायक नगरपालिका वडा नंं ४ मा अवस्थित चित्रपुरमा सञ्चालित ११ महिने दाफा भजन तथा धिमे बाजा प्रशिक्षण सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिहीबार आयोजित एक कार्यक्रमकाबीच दाफा भजन तथा धिमे बाजा प्रशिक्षणको समापन गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले स्थानीय कला, संस्कृति र सम्पदाहरुको संरक्षण, सम्बद्र्धन तथा जर्गेना गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो ।
मेयर थापाले पुस्तौदेखि चल्दै आएको परम्परागत धर्म, सस्कृति, भेष भूषा र संस्कारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले सिकेको सिपलाई उपयोग गरि यसको जर्गेनामा लाग्न आग्रह समेत गर्नुभयो ।

समापन कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की र वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेलगायत जनप्रतिनिधि तथा विभिन्न ब्यक्तीत्वहरुको पनि सहभागिता रहेको थियो ।

चित्रपुर दाफा भजन मण्डलद्धारा आयोजीत दाफा भजन तथा धिमे बाजा प्रशिक्षणमा १ सय ३० जना सहभागि थिए । नगरपालिकाको आर्थिक सहयोगमा ११ महिनासम्म प्रशिक्षण सञ्चालन गरिएको थियो ।