सूर्यविनायक नगर प्रमख बासुदेव थापाद्धारा नयाँ वर्ष २०८२ तथा बिस्केट जात्राको शुभकामना ब्यक्त

कटुञ्जे : सूर्यविनायक नगरपालिकाका नगर प्रमख बासुदेव थापाले नव वर्ष २०८२ तथा बिस्केट जात्राको शुभकामना ब्यक्त गर्नु भएको छ । नगर प्रमुख थापाले सम्पूर्ण नगरबासी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको शुभकामना ब्यक्त गर्नु भएको हो ।

नगर प्रमुख थापाले शुभकामना ब्यक्त गर्नुहुँदै भन्नु भएको छ, ‘यस सूर्यविनायक नगरपालिकाका आमा बुबा, दाजुभाई, दिदी बहिनीहरुलगायत स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०८२ तथा बिस्केट जात्राको पावन अवसरमा सुख, शान्ति, समृद्धि, दिर्घायू, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’