नंखेल: सूर्यविनायक नगरपालिका वडा नंं ९ को वडा कार्यालय भवन निर्माण कार्य शूरु भएको छ । नंखेलको वडा कार्यालय बुधबार पुजाआज गरि नगरप्रमुख बासुदेव थापाले शिलान्यास गर्नुभयो ।

नंखेल प्लटीगं स्थलमा निर्माण हुन लागेको भवन एक वर्षभित्र बनीसक्ने छ । वडा नंं १० को जस्तै डिजाईनमा निर्माण हुने भवनको लागत भ्याटसहित १ करोड ८१ लाख ८० हजार ९१३ अनुमान गरिएको छ ।

सो अवसरमा नगर प्रमुख थापाले भवन समयसिमा भित्रै निर्माण गरिसक्न निर्देशन दिनुहुँदै भवन निर्माण भएपछि वडाबासीलाई सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भई सञ्चालनमा आइसकेको र अहिलेसम्म ८ वटा वडाको वडा कार्यालय भवन निर्माण भइसकेको बताउनुभयो । अब वडा नंं १ र ९ को भवन निर्माण सम्पन्न भएपछि सबै वडाको आफ्नै भवन निर्माण हुने बताउनुभयो ।

भवन निर्माण हुने स्थान २ रोपनी ४ आना क्षेत्रफलमा फैलिएको छ । वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा पूर्वाधार विकास शाखा प्रमुख जनक न्यौपाने, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ७ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं १० का वडाध्यक्ष शिवराम खत्री लगायत जनप्रतिनिधि तथा स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।


