सिरुटार: सूर्यविनायक नगरपालिका वडा नंं १ सिरुटारमा बृहत्त स्वास्थ्य शिवीर आयोजना गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र सूर्यविनायक नगर अस्पतालको प्राविधिक सहयोगमा सिरुटार स्वास्थ्य चौकीमा बृहत्त स्वास्थ्य शिवीर आयोजना गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाको आग्रहमा नगरका विभिन्न वडामा ज्येष्ठ नागरिक लक्षित शिवीर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख बसन्त चापाँगाईले बताउनुभयो ।

सोमबार सम्पन्न शिवीरको निरीक्षण गर्नुहुँदै नगर प्रमुख थापाले ज्येष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले जेष्ठ नागरिकको स्वास्थ्य उपचार सहज बनाउन निरन्तर लागिरहने बताउनुभयो । सो अवसरमा वडाध्यक्ष सानुकाजी कायस्थसहित जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

शिवीरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.राकेश कुमार बर्माको टोलीसहित डा.ईश्वर नगरकोटी चिकित्सकहरुले सेवा दिनु भएको थियो ।

स्वास्थ्य शिविरमा १६० जना ज्येष्ठ नागरिकले सेवा लिनु भएको छ ।

शिवीरमा हाडजोर्नी,स्त्रीरोग, युरोलोजी, प्रोस्टेट लगायत सामान्य रोग सम्वन्धी बिरामीहरुको स्वास्थ्य जाँच, भिडियो एक्सरे र प्रयोगशाला परिक्षण गरिएको थियो ।








