कटुञ्जे: सूर्यविनायक नगरपालिकाले ४५ जना श्रमीकहरुलाई ५० दिने सीपमूलक तालिम प्रदान गरेको छ ।

सूर्यविनायक नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारीमा रूपान्तरण पहल गर्ने उद्देश्यले ४५ जना सूचीकृत बेरोजगारहरूलाई प्लम्बर र ईलेक्ट्रिकल तालिम प्रदान गरिएको हो ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले तालिममा सहभागिहरुलाई प्रमाणपत्र तथा हाते औजारहरू हस्तान्तरण गर्नुभयो । उहाँले सिकेको सीप ब्यवहारमा उतारी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

सहभागीहरूलाई आफ्नो सीपलाई व्यवहारमा उतार्दै उज्ज्वल भविष्य निर्माण गर्न पनि शुभकामना दिनु भयो।

सो अवसरमा नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटासहित जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।











