कटुञ्जे: नेपालमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिएको सूर्यविनायक नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षीक गुणस्तर अभिवृद्धि सँगै विद्यार्थी संख्या समेत बढेको पाईएको छ । नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय, ५८ वटा संस्थागत निजी र ४५ वटा ईसिडी कक्षा सञ्चालनमा रहेका छन् ।

नगरभित्र सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएपछि गुणस्तरमा सुधार भई विद्यार्थीको संख्या बढ्दो रहेको पाईएको हो ।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएको दुई वर्ष पूरा भएको अवसरमा मंगलबार र बुधबार दुई दिने समिक्षात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

समिक्षात्मक कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षाविद् तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सरोकारवाला बीच भएको छलफलमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि भएकै कारण विद्यार्थीको संख्या बढ्दै गएकोमा सबैको ऐक्यबद्धता रहेको थियो ।

पछिल्लो समय त धेरै जसो माध्यमिक विद्यालयमा विद्यार्थी थेग्नै नसक्ने गरि बढेको र नयाँ भर्ना लिन समेत नसकेको अवस्था रहेको पनि कार्यक्रममा प्रधानाध्यापकहरुले बताएका छन् ।

शिक्षा विदद्धय डा. तुलसी प्रसाद थपलिया र डा. बलराम तिमल्सिनाले आगामी दिनमा थप परिणाम तथा नतिजामुखी बनाउन गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनु भएको थियो ।

नगर प्रमुख बासुदेव थापाले आफ्नो पहिलो कार्यकालमा शैक्षीक गुणस्तर अभिबृद्धि गर्न र शैक्षीक क्षेत्रको सुधारका लागि जनप्रतिनिधि नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनुपर्छ भन्ने निर्णय गर्दा मुद्दामामिला खेप्नु परेको स्मरण गर्नुहुँदै दोस्रो कार्यकालमा निर्वाचीत भएपछि नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने चुनौतीपूर्ण कार्य गर्न सफल भएको र सो निर्णय उपत्यका मेयर्स फोरम हुँदै संघीय सरकारले नै नीति तथा कार्यक्रममा समावेश गरि देशैभर लागू हुँदा गौरवान्भित महसुस हुने गरेको बताउनुभयो ।

शैक्षीक क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भन्दै नगर प्रमुख थापाले पछिल्लो दुई वर्षमा नगरपालिकाले गरेको निर्णयकै कारण सामुदायिक विद्यालयमा सुधार आएको विज्ञहरुबाट सुन्न पाउँदा अत्यन्तै खुसी लागेको पनि बताउनुभयो । उहाँले आगामी दिनमा थप सुधारका लागि नगरपालिकाले गर्नुपर्ने कुनै पनि सहयोग गर्न पछि नहट्ने र लगानी बढाउँदै लग्ने स्पष्ट पार्नुभयो ।

उपप्रमुख सरिता तिमल्सिना भट्टराईले विद्यालयलाई सुधार गर्न सबैभन्दा ठूलो भूमीका प्रधानाध्यापको नै भएकाले नतिजा आउने गरि काम नगरिएसम्म प्रगति भएको मान्न नसकिने भएकाले अझै बढी जिम्मेवारीवोध गरेर उपलब्धी हासिल गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछिको पछिल्लो दुई वर्षमा आएको सुधारले नगरपालिकाले गरेको नौलो अभ्यास सफल भएपनि विज्ञहरुले दिनुभएको सुझावलाई ग्रहण गर्दै शैक्षीक गुणस्तर अभिबृद्धिमा अझै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले समिक्षा कार्यक्रमले एक आपसमा सिक्ने अवसर मिलेको र अनुभव आदनप्रदानमा सहयोग पुगेकाले विद्यालयमा अनुगमन गरेभन्दा फलदायी भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयमा भौतीक पूर्वाधारमा लगानी बढाएको छ । जसका कारण कक्षाकोठा, फर्नीचर, अन्य आवश्यक कुराको परिपूर्ति गरिएको छ । विद्यालयमा गुणस्तर सुधारका लागि नगरस्तरीय दरबन्दी समिति बनाई परिक्षामा एकरुपता कायम गरिएको छ जसले गुणस्तर सुधारमा सहयोग पुर्याएको छ ।

नगरपालिकाले विद्यालयमा कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न सहयोग गर्दै आएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलपमा सहभागि गराउने गरिएको छ भने खेलकुदको विकासका लागि कार्यतालिका अनुसार खेल कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । दरबन्दी कम भएका विद्यालयमा शिक्षक ब्यवस्थापनका लागि आवश्यक रकम अनुदान दिने गरिएको छ ।

विद्यालयमा अनुगमन गर्न विज्ञ सहितको जनप्रतिनिधि सम्मिलीत समिति बनाई अनुगमन गर्ने गरिएको छ । जसले गर्दा विद्यालयका आवश्यक समस्या र सुधार गर्नुपर्ने विषयलाई सम्बोधन गर्ने गरिएको छ । संस्थागत विद्यालयमा आवश्यक सरकारी नीति तथा कार्यक्रमलाई लागू गर्न आवशयक समन्वय र सहयोगको वातावरण सृजना गर्ने गरिएको छ ।

पहिलो दिनको समिक्षा कार्यक्रममा सिरुटार माध्यमिक विद्यालयका प्रअ नारायण प्रसाद पोखरेल, कुलमाया भगवती मावीका प्रअ हेमन्त ढुंगाना, सोमलिंगेश्वर आधारभुत विद्यालयकी प्रअ मञ्जु बस्नेत खत्री, महेन्द्र शान्ति मावीका प्रअ गोपाल विक्रम थापा, बालविनायक आधारभुत विद्यालयकी प्रअ सविना राजभण्डारी, गणेश आधारभुत विद्यालयकी प्रअ संगिता भट्ट, अरनिको मावीका प्रअ महेन्द्र कुमार श्रेष्ठ र चित्रपुर आधारभुत विद्यालयकी प्रअ रामप्यारी न्हेम्हाफुकीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु थियो ।

यस्तै, बालचेतन आधारभुत विद्यालयका प्रअ युवराज तिमल्सिना, कटुञ्जे आधारभुत विद्यालयकी प्रअ चन्द्रमाश्री बराल, सुवर्णेश्वर आधारभुत विद्यालयकी कृष्मा थोकर, ज्योति माविका प्रअ मिलन कायस्थ, भैरवी आधारभुत विद्यालयका प्रअ राजकुमार बस्नेत र शान्ति निकेतन माविका प्रअ दिपक नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु थियो ।

दोस्रो दिनको कार्यक्रममा गणेश माविका प्रअ चन्द्रप्रसाद मैनाली, सरस्वती आधारभूत विद्यालयकाका प्रअ सरोजक श्रेष्ठ, डोलेश्वर आधारभूत विद्यालयका प्रअ सुशिलचन्द्र न्यौपाने, आशापुरी आधारभूत विद्यालयका प्रअ बुद्धिभक्त चाकजु, भुवनेश्वरी माविका प्रअ सुभद्रा लघु, सरस्वती माविका प्रअ लेखनाथ रिमाल, शान्ति भैरव आधारभूत विद्यालयका प्रअ हेरामान सुकुभटु, राम आधारभूत विद्यालयका प्रअ भागीरथी केसीले प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो ।

त्यस्तै, जोरपाटी माविका प्रअ हरिप्रसाद ढकाल, बालशिक्षा सदन आधारभूत विद्यालयका प्रअ राजेश छुंका, देवी आधारभूत विद्यालयका प्रअ तिलकदास श्रेष्ठ, देउजागाउँ आधारभूत विद्यालयका प्रअ बाबुकाजी श्रेष्ठ, महांकालेश्वर आधारभूत विद्यालयका प्रअ कृष्णहरि खडकाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, शिक्षा शाखा प्रमुख रत्न बहादु कट्वाल, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, वडा नंं ३ का वडाध्यक्ष दिपेन्द्र केसी, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नंं ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ७ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री, वडा नंं १० का वडाध्यक्ष शिवराम राउत, शिक्षा अधिकृत सरस्वती कोइराला, कार्यपालिका सदस्य शर्मीला बस्नेत लम्साल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु तथा सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।



