कटुञ्जे : विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । राष्ट्रका लागि दुई घण्टा अभियानले बिहीबार वाकाथन र वृक्षारोपन गरी यो दिवस मनाएको हो । कार्यक्रम सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

वाकाथनपछि भएको कार्यक्रममा नगर प्रमुख थापाले प्लाष्टिक मुक्त वातावरण बनाउन नगरपालिका लागि परेको बताउनुभयो । उहाँले नगरपालिकालाई प्लास्टिक मुक्त नगरपालिका बनाउने अभियानमा लागिपरेको बताउनुहुँदै चाँडै नै प्लाष्टिकको विकल्पसहित घोषणा गर्ने बताउनुभयो ।

बिहिबार ‘प्लास्टिक प्रदुषण न्युनिकरण हाम्रो दायित्व’ नारासहित विश्व वातावण दिवस मनाइएको हो । कार्यक्रममा नगरपालिका उपप्रमुख सरिता तिमल्सिना भट्टराईसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


