सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शुक्रबारदेखि शूरु हुँदै, अत्यावश्यक बाहेकका सेवा बन्द रहने

कटुञ्जे : सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शुक्रबारदेखि शूरु हुँदैछ । शुक्रबार हुने अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनीक हुने तय भएको छ । अधिवेशनमा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार बिहीबार बसेको नगर कार्यपालिकाको १८९ बैठकले ६ गते हुने नगर सभाको १८ओैं अधिवेशनमा पेस गरिने नीति तथा कार्यक्रम आवश्यक छलफल गरि सर्वसम्मत पारित समेत गरेको छ ।

त्यस्तै, शुक्रबार अत्यावश्यक बाहेक नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले एक सूचना जारी गर्नुहुँदै नगर सभाको अवसरमा सबै जनप्रतिनिधि र कर्मचारी समेत सहभागी हुनु पर्ने भएकोले उक्त दिन नगरपालिका र वडा कार्यालयको सेवा प्रवाह बन्द रहने जानकारी गराउनु भएको छ । १८ औं अधिवेशनको दोस्रो बैठक ९ गते बस्ने कार्यतालिका छ । सो दिन बजेट बक्तब्य सार्वजनीक गरिनेछ ।