सिरुटारमा बृक्षारोपण कार्यक्रम सम्पन्न, हरियालीमय बनाउँदै वातावरण संरक्षण गर्नुपर्नेमा मेयर बासुदेव थापाको जोड

सिरुटार: सूर्यविनायक नगरपालिका वडा १ र राष्ट्रको लागि २ घण्टा अभियानको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिरुटार उपशाखाको सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिरुवा रोपी बृृक्षारोपण अभियानको शुभारम्भ गर्नुभयो ।


बृक्षारोपण सिरुटार पुलहुँदै सडकको दायाँबायाँ गरिएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले वृक्षारोपण गरी हरियालीमय बनाउँदै वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सौन्दर्यकरणका साथै वातावरणीय सन्तुलनका लागि वृक्षारोपण आवश्यक रहेको बताउनुहुँदै त्यसको संरक्षण र हेरचाहमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सना भट्टराई, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, विभिन्न संघसंस्थाका अभियन्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।