दधिकोटका ९६ जनाले वर्षौपछि पाए जग्गाको श्रेस्ता पूर्जा, सूर्यविनायक नगर प्रमुख बासुदेव थापाद्धारा वितरण

चित्रपुर: सूर्यविनायक नगरपालिका वडा नंं ४ स्थित चित्रपुरबासीले वर्षौपछि जग्गाको श्रेस्ता पुर्जा पाएका छन् । जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधिकोट गाविस वडा नंं ८ र ९ हाल सूर्यविनायक वडा नंं ४ स्थित चित्रपुरका ९६ जग्गाधनीलाई स्वबासी श्रेस्ता पुर्जा वितरण गरेको हो ।

थिमीको शंख्खधर पाटी प्यालेसमा सोमबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा स्थानीय बासिन्दाहरूलाई पुर्जा वितरण गरिएको हो । ।

सो अवसरमा नगर प्रमुख थापाले स्थानीयबासीले लामो समयदेखि आधिकारिक रुपमा पुर्जा नपाउँदा पीडा भोग्नुपरिरहेको अवस्थामा अब सदाका लागि अन्त्य भएको बताउनुभयो ।

उहाँले नगरपालिकाले नापी कार्यालयसँग समन्वय र सहकार्य गरेर स्थानीय बासीको समस्या सम्बोधन गर्न सफल भएको बताउनुभयो ।

नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदीप सापकोटाले साविक नापनक्साको लागि सूर्यविनायक नगरपालिकाले बजेटको ब्यवस्थापन गरेकाले साविक नापनक्सा गर्ने कार्य सम्पन्न गर्दै जग्गाको श्रेस्ता पुर्जा वितरण गर्न सफल भएको र त्यसको सम्पूर्ण शेय सूर्यविनायक नगरपालिकालाई जाने बताउनुभयो ।

कार्यक्रममा भूमी आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गे, सूर्यविनायक नगर प्रवक्ता एवं सुनपा ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा नंं ४ का वडाध्यक्ष लक्षुराम न्यौपाने कार्यपालिका सदस्य तारा सापकोटा, पुर्जा वितरणमा सक्रिय रुपमा लागीपर्नु भएको समाजसेवी राजु लुबञ्जार श्रेष्ठ, राजन प्रजापति, स्थानीय भूमी आयोगका सदस्यहरुको सहभागिता रहेको थियो ।