संस्कृति संरक्षणमा सूर्यविनायक नगरपालिका : गुन्डूका ९ वटा समूहले पाए साँस्कृतिक सामग्री, मेयर बासुदेव थापाद्धारा वितरण

गुन्डू : सूर्यविनायक नगरपालिकाले कला, संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा विशेष जोड दिदै आएको छ ।

नगरभित्रका परपरम्परागत संस्कृतिको जर्गेनाका साथै संरक्षण गर्ने उद्देश्यले विभिन्न समूहहरुलाई साँस्कृतिक सामाग्री सहयोग गर्दै आएको छ । त्यसै सिलसिलामा वडा नं ७ गुन्डुका ९ वटा समुहलाई संस्कृति संरक्षणका लागि साँस्कृतिक सामग्री वितरण गरिएको छ ।

सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले विभिन्न समूहरुलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले कला, धर्म, संस्कृतिको संरक्षणमा जोड दिदैं आएको बताउनुभयो ।

नगरपालिकाले नगरभित्रका विभिन्न समूहमार्फत बाजागाजाको संरक्षण गर्न सहयोग गर्दै आइरहेको बताउनुभयो । साथै प्रमुख थापाले सामाग्रीको अधिकतम उपयोग गर्न पनि आग्रह गर्नुभयो ।


वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार वडा भित्र तिनवटा समुहलाई हार्मुनियम तवला, चारवटा समुहलाई धिमेबाजा र दुइवटा समुहलाई बासुरी बाजा बितरण गरिएको हो ।

बाजा समूहरुको माग अनुसार सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।