सूर्यविनायक नगरपालिकाद्धारा अपाङ्गता भएका ब्यक्तिलाई स्कुटर र ल्यापटप तथा अभिभावकत्व गुमाएका बालबालिकालाई आर्थिक सहयोग

कटुञ्जे : सूर्यविनायक नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई स्कुटर र ल्यापटप तथा अभिभावकत्व गुमाएका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले अभिभावकत्व गुमाएका ६ जना बालबालिकाहरुलाई प्रति ब्यक्ति २४ हजारका दरले आर्थिक सहयोग प्रदान गर्नुभयो ।

साथै अपाङ्गता भएका ब्यक्तीलाई आर्थिक उपार्जनमा जोड्न एकै घरमा ३ जना अपाङ्गता भएका ब्यक्तिलाई लागत साझेदारीमा स्कुटर तथा ३ जना अपाङ्गता भएकाहरको लागि ल्यापटप हस्तान्तरण गरिएको छ ।

त्यस्तै, तीन महिना सम्म संचालन गरिएको दोभासे तालिमाका २० जना सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

सामाजिक विकास समितिका संयोजक संयोजक रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दीपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, १० का वडाध्यक्ष शिवराम राउत, लैगिक विकास तथा सामाजिक समोवशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदी सहभागि हुनुहुन्थ्यो ।

त्यस्तैगरि कार्यपालिका सदस्य कमला पोखरेल, शर्मिला लम्साल बस्नेत, सावित्री मिश्र, हेमा दाहाल खतिवडालगायत जनप्रतिनिधिहरु पनि सहभागि हुनुहुन्थ्यो । कार्यक्रम समावेशी शाखाकी शर्मीला दाहालले संचालन गर्नु भएको थियो ।