सूर्यविनायकको वडा ७ मा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १ हजार ४३१ जना लाभान्वित

गुन्डू । वीर अस्पतालको १३६ औँ स्थापना दिवसका अवसरमा सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डूमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सूर्यविनायक वडा नं ७ को समन्वयमा गूण्डूका स्थानीय एवं आसपासका बासिन्दाहरु गरि १ हजार ४६३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ शिविरमा वीर अस्पतालका निर्देशक दिलीप शर्मा सहित ५० जना डाक्टर तथा १२५ स्वास्थ कर्मीहरुको सहभागीता रहेको थियो ।

बृहत स्वास्थ्य शिविरको निरिक्षण पूर्व मन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका भक्तपुर जिल्ला सचिव सुशील बस्नेत, सूर्यवनायक नगपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापा र नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का लगायतले गर्नु भएको थियो ।

उपस्थित अतिथिहरुले निशुल्क बृहत् स्वास्थ्य शिविर आफ्नो वडामा ल्याई कुशल ब्यवस्थापन एवं ऐतिहासिक रुपमा वडाबासीहरुको उपस्थितिमा स्वास्थ्यलाभ गराउन सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

वडा अध्यक्ष रविन्द्र सापकोटाले वडा कार्यालयको तर्फबाट वीर अस्पताललाई शिविर आयोजना संचालन गर्न ठाउँ उपलब्ध गराई सहयोग गर्ने हिमाल एकेडेमी, लाई कदर पत्र प्रदान गर्नु भएको थियो ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक समेत रहेका सापकोटाले निशुल्क बृहत स्वास्थ्य शिविरमा जटिल रोग देखि सामान्य रोग समेतको परिक्षण गराइएको बताउनुभयो ।