सूर्यविनायक (भक्तपुर), साउन १६ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा जनताको सेवामा सक्रिय, उत्तरदायी र विकासप्रति प्रतिबद्ध नेतृत्वको रूपमा चिनिँदै आउनु भएको छ । नगरको समग्र विकास र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ मेयर थापा निरन्तर क्रियाशील हुनुुहुन्छ ।
उहाँको नेतृत्वमा हालसम्म नगरमा सडक विस्तार, ढल निकास, सरसफाइ, खानेपानी व्यवस्थापनदेखि स्वास्थ्य क्षेत्र र शिक्षाको गुणस्तर सुधारसम्मका विविध योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएका छन्।

‘कम बोल्ने हो, कुरा होइन’ भन्ने मुल मन्त्रका साथ अघि बढिरहनु भएको मेयर थापा नागरिकका गुनासा, सुझाव र आवश्यकता प्रत्यक्ष रूपमा सुन्ने र समाधानमा जुट्ने शैलीका कारण सर्वसाधारणबीच लोकप्रिय हुनुहुन्छ ।

वडा स्तरमै समस्या पहिचान र समाधान गर्ने रणनीति, पारदर्शिता र जनसहभागितामा आधारित प्रशासनिक सुधार तथा युवा, बालबालीका र महिलामैत्री कार्यक्रमहरूमार्फत थापाले सुशासनको अभ्यासलाई संस्थागत बनाउँदै लग्नु भएको छ ।

स्थानीय सरकारप्रति बढ्दो जनविश्वास कायम राख्न सफल मेयर थापाको नेतृत्वमा सूर्यविनायक नगरपालिका ‘समुन्नत, सुरक्षित र समावेशी शहर’ को परिकल्पनातर्फ अग्रसर देखिएको छ।

