सूर्यविनायक नगरपालिकामा विभिन्न पदका लागि कर्मचारी माग, १५ दिनभित्र आवेदन दिइसक्न आह्वान (सूचीसहित)

भक्तपुर (कटुञ्जे), ५ भदौ — सूर्यविनायक नगरपालिकाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरूमा करार सेवाका लागि कर्मचारी माग गरेको हो।

नगर प्रहरी जवानदेखि लिएर फार्मेसी सहायक सम्मका पदमा कर्मचारी माग गरिएको हो । सूचनामा आवश्यक योग्यता, दरभाउ र पद संख्या समेत स्पष्ट गरिएको छ।

नगर कार्यपालिकाको कार्यालय, सूर्यविनायक, भक्तपुरबाट जारी सूचनाअनुसार योग्य तथा इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइ सक्नुपर्नेछ ।

नगरपालिकाले इच्छुक उम्मेदवारहरूलाई आवश्यक दरखास्त फारम, योग्यता सम्बन्धी जानकारी तथा अन्य विवरणहरू नगरपालिकाको आधिकारिक वेबसाइट www.suryabinayakmun.gov.np मा उपलब्ध रहेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले दस्तुर बुझाएर तोकिएको समयमा आफ्नो आवेदन पेश गर्नु पर्नेछ।

माग गरिएका पदहरू यसप्रकार छन्: