भक्तपुर (कटुञ्जे), ७ भदौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयले देशभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनीक गरेको हो ।
मन्त्रालयले गुणस्तर परिक्षण पश्चात् सार्वजनीक गरेको सुचना अनुसार उपत्यकामा रहेका पालिकामध्ये भक्तपुरको सूर्यविनायक नगरपालिका दोस्रो बन्न सफल भएको छ । उपत्यकामा ललितपुर महानगर पालिका ८८.२५ अंक प्राप्त गर्दै पहिलो भएको हो । सूर्यविनायक नगरपालिकाले भने ८८ अंक प्राप्त गदै दोस्रो भएको छ। उपत्यकाका नगरपालिकामा भने सूर्यविनायक पहिलो बनेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को नतिजामा पनि सूर्यविनायक दोस्रो र ललितपुर पहिलो भएको थियो । अघिल्लो आर्थिक वर्षमा सूर्यविनायक नगरपालिकाले ८७.५ अंक प्राप्त गरेको थियो । यद्यपी सूर्यविनायकले यो वर्ष ०.५ अंक बढाउन सफल भएको छ ।
संयोग त के छ भने ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन उपत्यका मेयर्स फोरमको अध्यक्ष र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख उपत्यका मेयर्स फोरमको उपाध्यक्ष हुनुहुन्छ । दुई आर्थिक वर्षमा नै फोरमकै अध्यक्ष र उपाध्यक्षले नेतृत्व समालेको पालिका उपत्यकामा पहिलो र दोस्रो हुन सफल भएको छ ।
भक्तपुरका चार पालिकामा पनि सूर्यविनायक सबैभन्दा बढी अंक पाउँदै प्रथम भएको छ भने चाँगुनारायण नगरपालिकाले ८६.५० अंक, मध्यपुर थिमी नगरपालिकाले ८४ अंक र भक्तपुर नगरपालिकाले ८१ अंक पाएका छन् ।
सूर्यविनायकमा ८ वर्षदेखि नगर प्रमुख बासुदेव थापाले नेतृत्व समाल्दै आउनु भएको छ । उहाँको नेतृत्वमा हालसम्म सबै निर्णयहरु सर्वसम्मत भएका छन् भने कर्मचारी र जनप्रतिनिधिहरु सबै एकजुट भई काम गरेकै कारण उत्कृष्ठ बन्न सफल भएको हो ।
विशेष गरि स्थानीय तहमा सेवा प्रवाह, संस्थागत विकास, पारदर्शिता, र सुशासनतर्फ नगरपालिका अग्रणी स्थानमा भएकै कारण पनि यो उपलब्धी हासिल भएको हो ।
उपत्यकामा कुन पालिकाको कति ?



सम्पूर्ण विवरणको लागि यहाँ क्लीक गर्नुहोला ।

