भक्तपुर । सूर्यविनायक नगरपालिका कार्यालयद्वारा आयोजित दुई दिवसीय “कर्मचारीहरूमा क्षमता विकास, सकारात्मक सोच तथा रूपान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ प्रशिक्षकहरू लिला सापकोटा, कृष्णहरी बास्कोटा, कञ्चन राउत तथा नरबहादुर कार्की ले विषयगत, प्रेरणामूलक तथा व्यवहारिक प्रस्तुतीहरू दिएका थिए ।

प्रशिक्षणमार्फत कर्मचारीहरूमा सकारात्मक सोच, कार्यदक्षता, नेतृत्व विकास तथा संस्थागत रूपान्तरणका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमले कर्मचारीहरूको क्षमता अभिवृद्धि, सकारात्मक कार्यसंस्कृतिको विकास तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य ले व्यक्त गर्नुभयो ।

नगरपालिकाले कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै सुशासन र गुणस्तरीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण नगरपालिका परिवारप्रति धन्यवाद तथा बधाई व्यक्त गरिएको छ ।


