कटुञ्जे : सूर्यविनायक नगरपालिकाले गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु गरेको छ । नगर प्रमुख बासुदेव थापाले बुधबार उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले गृहिणी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा स्तरबाट नै आवेदन मागेर यो कार्य सुरु गरिएको बताउनुभयो । ”महिलालाई आर्थिक रुपमा सवल र सामाजिक हिसाबले नेतृत्वदायी बनाउनु नै नगरपालिकाको उद्देश्य भएको नगर प्रमुख थापाले स्पष्ट पार्नुभयो ।
“तपाईँहरुले सिकेको सिपलाई अर्थसंग जोड्न सके सकारात्मक प्रभाव पर्छ” , नगरप्रमुख थापाले भन्नुभयो । तालिमलाई व्यवहारमा लागू गरेर व्यवसायी बन्न पनि आग्रह गर्नुभयो ।

उप प्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले सुरु गरेको यो पहिलो र नौलो कार्यक्रम भएको उल्लेख गर्नुभयो । महिलाहरुलाई उद्यमसंग जोडिएर जबसम्म व्यवसायी बन्नदैनन् तबसम्म गृहिणी महिला सशक्तीकरण नहुने उहाँको भनाई छ ।

“तपाँईहरुले इच्छा शक्ति राखेर अगाडी बढ्नुभयो भने बजार र थप सिपकोलागि सहयोग गर्न स्थानिय सरकार तयार छ,” उपप्रमुख भट्टराईले भन्नुभयो । सबैले एकैखालको व्यवसाय भन्दापनि फरक फरक गर्ने हो भने, बजार र ग्राहककोलागि समस्या नहुने उपप्रमुखको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नरगपालिकाका सामाजिक विकास समितिका संयोजक एवंम प्रवक्ता रबिन्द्र सापकोटाले बागमती प्रदेश सरकारबाट बहुवार्षिय अन्र्तगत महिला सशक्तीकरण कार्यक्रमका लागि सूर्यविनायक नगरपालिका छनोट भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत तारानाथ लुइँटेलले तालिम प्रदान गर्नु भएको थियो ।
३ सय ९० घण्टा अवधिको यस तालिमले महिलाहरुलाई सिप सिकाउने भएकाले सिकेपछि आत्मनिर्भर हुन सकिने प्रवक्ता सापकोटाको भनाई छ । एकै जनाले फरक फरक तालिम लिएर अन्यौल हुनुभन्दा पनि एउटा विषयको मात्रै लिएर आत्मनिर्भर बन्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट उद्यमी देवीका बुढाथोकीले पनि प्रशिक्षण दिनु भएको थियो ।

नगरपालिकाको लैङ्गिक विकाश तथा सामाजिक समावेशिकरण शाखाकी प्रमुख बिजयालक्ष्मी सुवेदीले नगरपालिकाको वडा नं ४, ७, ८, ९ र १० बसोबास गर्दै आएका करिब २ सय जना महिलाहरुलाई विभिन्न विषयमा तालिम प्रदान गर्ने जानकारी दिनुभएको छ ।

