सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाद्धारा लोकतन्त्र दिवसको अवसरमा शुभकामना ब्यक्त

कटुञ्जे : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले लोकतन्त्र दिवस-२०८२ को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । नगर प्रमुख थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आंकाक्षा हासिल गर्न लोकतन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

२०६२ चैतमा सुरु भएको जनआन्दोलन चुलिँदै गएपछि १९ दिने जनआन्दोलनको बलमा आजकै दिन संसद पुर्नस्थापना भएर शान्ति प्रक्रिया सुरु भएको थियो । संविधानसभाको निर्वाचन हुँदै गणतन्त्रको घोषणा भएको थियो । संविधान सभाबाट संविधान जारी भई संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुक बनेको थियो ।

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।