बालकोट: बालकुमारी मन्दिर तथा फल्चा निर्माण गर्ने उद्देश्यले श्रीभद्भागवत महायज्ञ शूरु भएको छ । वडा नंं २ स्थित बालकोटमा आयोजित महायज्ञको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले आफनो नगर भित्रको कला, संस्कृतिको संरक्षण, सम्बर्द्धनमा नगरपालिकाबाट कुनै कसुर बाँकी नराख्ने बताउनुहुँदै महायज्ञबाट संकलीत रकमबाट मन्दिर निर्माणमा थप अपुग हुन आउने सम्पुर्ण सहयोग नगरपालिकाबाट पुर्ण गरिने बताउनुभयो ।

उदघाटन सत्रमा सूर्यविनायक नगर उपप्रमुख सरिता तिम्सिना भट्टराई, पुर्व मन्त्री टंक ढकाल, सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, सूर्यविनायक नगरपालिका तथा मध्यपुर ठिमी नगरपालिका पूर्व उपप्रमुखद्धय जुना बस्नेत र अञ्जनादेवी मधिमर्की, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, पातन्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्ले, सधै सबैका लागि अभियानका अध्यक्ष शुसिला गुरागाई, महायज्ञ मुल समारोह समिति श्रीमद्भागवत श्रवण गर्न विभिन्न ठाउँबाट उपस्थित भक्तवत्सल लगायतको विशेष उपस्थिति रहेको थियो ।

समितिका संयोजक श्रीराम श्रेष्ठले बालकुमारी मन्दिर तथा फल्चा निर्माणको लागि कुल ३ करोड ५८ लाख लाग्ने निर्माण अनुमान गरिएको बताउनुभयो । महायज्ञको पहिलो दिनमा १६ लाख सहयोग प्राप्त भएको छ ।

स्थानीय समाजसेवी श्रीराम श्रेष्ठले मात्रै १० लाख ५० हजार ५ सय ५५ सहयोग गर्नु भएको थियो । अन्तरास्ट्रिय भागवत प्रवक्ता १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य महाराजको मुखराविन्दबाट वैशाख २६ गतेसम्म जारी रहने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ दिपकलश यात्रा गर्दै शुभारम्भ गरिएको थियो ।



