कटुञ्जे । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय कानुन दिवसको अवसरमा कानुन निर्माण सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाको विधायन समितिको आयोजनामा कानुन निर्माण सम्बन्धी जनप्रतिनिधिहरुलाई क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा उच्च अदालतका न्यायाधीश राजु खतिवडा, नेपाल बार एसोसियनका केन्द्रीय सदस्य अधिबक्ता किरण न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।

विधायन समितिका संयोजक तथा वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

सोही अवसरमा बारका नवनिर्वाचीत केन्द्रीय सदस्य किरण न्यौपानेलाई बधाई ज्ञापन सहित सम्मान समेत गरिएको थियो ।



