बालकोटमा आयोजित ‘नि:शुल्क दन्त शिवीर’मा ४ सय १८ जना लाभान्वित

बालकोट: सूर्यविनायक नगरपालिका वडा नंं २ तथा बालकोट स्वास्थ्य केन्द्रको आयोजनामा समाज डेन्टल हस्पिटल कौशलटारको प्राबिधिक सहयोगमा बालकोट स्वास्थ्य केन्द्रमा दन्त (डेन्टल) सेवा शिविर संचालन गरिएको छ ।

शिबिरमा विद्यालयका बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका ब्यक्तीहरु गरि ४ सय १८ जनाले सेवा लिनु भएको छ ।

शिवीरमा समाज डेन्टल हस्पिटलबाट ईन्चार्ज पुजा बस्नेत, म्यानेजर रुपेश पौडेल, सर्जन डा. कृष्ण मिलन पाण्डे, डा. कृष्टिना प्रधान, डा. सचिन तण्डुकार, डा. रन्जु माली लगायत १२ जनाको टोली र बालकोट स्वास्थ्य केन्द्रका ईन्चार्ज पुष्प प्रसाद काफ्ले लगायत स्वास्थ्यकर्मीहरुको सहभागीता थियो ।

सूर्यविनायक नगरपालिका वडा नंं २ का वडाध्यक्ष तथा ब्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

वडाध्यक्ष कार्कीले नागरिकको स्वास्थ्य सम्बन्धि बिषयमा नगरवासीलाई सचेत गराउन र स्वास्थ्य लाभ लिनको लागि स्वास्थ्यका बिभिन्न क्षेत्रमा भएको समस्याको पहिचान गरी बिगत देखि शिविर आयोजना गर्दै आएको बताउनुभयो ।

उहाँले बालकोट स्वास्थ्य केन्द्रले शिबिरका साथै बिगत केही समयदेखि ल्याब सञ्चालनमा ल्याएको र हप्ताको ३ दिन मेडिकल डाक्टरबाट स्वास्थ्य परीक्षण गराउने गरेको बताउनुभयो ।

साथै वडाध्यक्ष कार्कीले स्वास्थ्य केन्द्रबाट हुने स्वास्थ्य सेवा समबन्धी जानकारी जनता सँग पुर्याउन र त्यसबाट बढी भन्दा बढि लाभ जनतालाई पुगोस भन्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

वडाध्यक्ष कार्कीले सहयोग गर्ने समाज डेन्टललाई आभार सहित धन्यबादका साथ मायाको चिनो प्रदान गर्नुभएको थियो ।