मेयर बासुदेव थापाद्धारा नंखेलमा आधुनिक पिपल चौतारी र जीम सामग्री कक्षको उद्घाटन

नंखेल : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा शनिबार वडा नंं ९ मा विभिन्न कार्यक्रममा सहभागि हुनुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले वडा नंं ९ मा आधुनिक पिपल चौतारीको उद्घाट गर्नुभयो । साथै शनिबार नै नगर प्रमुख थापाले शारीरिक ब्यायाम (जीम) सामग्री कक्षको उदघाटन गरि हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, नंखेल पँलासे दोलेश्वर सडक खण्डमा नगरपालिकाको सहयोगमा निर्माण भएको कल्भर्ट पुलको निरीक्षण समेत गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राख्दै अगाडि बढिरहेको बताउनुभयो । उहाँले बाँकि दुई वर्षे कार्यकालमा पनि नगरबासी सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीलगायत जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।