सूर्यविनायकका मेयर थापाद्धारा वडा नंं ४ दधिकोटका साढे चार सय ज्येष्ठ नागरिकहरुलाई सम्मान

दधिकोट : सूर्यविनायक नगरपालिका वडा नंं ४ ले सामाजिक सुरक्षा भत्ता लाभग्राही ज्येण्ठ नागरिक एवम एकल महिलाहरुलाई सम्मान तथा दैनिक उपभोग्य सामग्री बितरण गरेको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शनिबार अरनिको माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले ज्येष्ठ नागरिकहरुको लागि नगरपालिकाले सम्मान गर्ने कार्यलाई निरन्तरता दिदैं आएको बताउनुभयो ।

ज्येष्ठ नागरिक हुनु पाउनु आफैमा सौभाग्यशाली भएको बताउनुहुँदै ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने र समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित तथा सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी भएका कारण उनीहरूबाट शिक्षा ग्रहण गरेर पुस्तान्तरण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा सम्मानीत ज्येष्ठ नागरिक तथा पूर्व सांसद लेखनाथ न्यौपानेले आफू सम्मानीत हुनु पाउँदा गौरवान्भित महसुस भएको बताउनुहुँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेले नगरपालिका र विशेष गरि नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा जनप्रतिनिधिहरु एकजुट भएर ज्येष्ठ नागरिकमैत्री कार्यक्रमहरुमा जोड दिर्दै आएको बताउनुभयो ।

वडामा सामाजीक सुरक्षा भक्ता प्राप्त गर्ने भक्तपुर क्षेत्र नंं २ का पूर्व सांसद न्यौपानेसहित साढे चार सय जनालाई खादा लगाई, ईलेक्टिक जग, हट ब्यागसहित सम्मान गरिएको हो ।

कार्यक्रममा वडा नंं ४ का जनप्रतिनिधिहरु तारा सापकोटा, बिदुर खडका, उज्जवल राजथला, पम्फा परियारलगायत पनि सहभागि हुनुहुन्थ्यो ।