सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत

कटुञ्जे : सूर्यविनायक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा युवराज आचार्यले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ।

सोमबार नगरपालिकामा नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमसिना भट्टराईसहित नगरका अन्य कर्मचारीहरूले उहाँलाई स्वागत गर्नु भएको छ ।

सो अवसरमा नगर प्रमुख थापाले नीति नियम र ऐनको परिधिमा रहेर आपसी सहकार्य र समन्वय गर्दै प्रशासनीक कार्य अगाडि बढाउन निर्देशन दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो कार्यकाल सफल र प्रभावकारी बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिृकत तारानाथ लुइँटेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि उहाँको ठाउँमा आचार्यले जिम्मेवारी समाल्नु भएको हो ।