सूर्यविनायक । स्थानीय स्काउट कार्यालय सूर्यविनायकको आयोजनामा दुई रात तिन दिनको सूर्यविनायक नगर स्तरीय स्काउट मोडेल क्याम्प २०८२ शूरु भएको छ ।

क्याम्पको सूर्यविनायक नगरपालिका नगर प्रमुख तथा सूर्यविनायक स्काउट संरक्षक बासुदेव थापाको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले स्काउटको विस्तार तथा तालिम प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको जानकारी गराउनुहुँदै तालिमले विद्यार्थी भाई बहिनीहरुलाई सक्षम बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

सूर्यविनायक नगरपालिका उपप्रमुख तथा नगर स्काउट संयोजक सरिता तिमसिना भट्टराईले स्काउट तालिमले अनुशासीत, नैतीकवान र ब्यवहारिक शिक्षा प्रदान गर्न सहयोग पुग्नुका साथ जीवनमा आउने हरेक आरोह अवरोह तथा कुनै पनि कठिनाईसँग सहजै जुध्न सक्ने र अगाडि बढ्न सक्ने क्षमता प्रदान गर्ने बताउनुभयो ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले प्रारम्भिक कोष पूरा गरेर मोडेल तालिममा सहभागि विद्यार्थी भाई बहिनीहरुलाइ तालिम सिकेका कुरालाई ब्यवहारमा उर्तान जोड दिनुभयो ।

सूर्यविनायक स्काउट कार्यालयको प्रमुख आयुक्त कृष्मा थोकरले क्याम्पमा नगरभित्रका २४ वटा विद्यालयका करिब दुई सय विद्यार्थीहरु सहभागि रहेको बताउनुभयो ।

क्याम्पमा विभिन्न २८ वटा गतिविधि गराइनेछ । स्काउटको प्रारम्भिक ६ महिनाको कोष पूरा गरेका विद्यार्थीहरु मोडल क्याम्पमा सहभागि छन् । विगतमा केहि विद्यालयमा मात्र सिमित रहेको स्काउट गतिविधि अहिले नगरमा तीब्र रुपमा विस्तार भइरहेको पनि उहाँले बताउनुभयो ।

विशेष गरि प्रमुख आयुक्त नियुक्त भएपछि नगरमा स्काउट गतिविधि तीब्र रुपमा अगाडि बढिरहेको हो । प्रमुख आयुक्त थोकरसहित सिंगो टिम सक्रियताका साथ लागेकै कारण सूर्यविनायक नगरपालिका स्काउटमय बन्दै गइरहेको छ ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख आयुक्त तथा सूर्यविनायकका पूर्व प्रमुख आयुक्त शिवकुमार त्वायनाबासु, काठमाडौं महानगरपालिका प्रमुख आयुक्त ज्ञानु महर्जन, सूर्यबिनायक स्काउट परिषद सदस्य श्याम कृष्ण श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

स्थानीय सुशासन वित्त आयुक्त मिलन कायस्थले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्वाचीत सदस्य अनिल कसपालले स्वागत गर्नु भएको थियो ।















